सुख्खा आँखा (DRY EYE) किन हुन्छ ? उपचार के छ ?



कम्प्युटर, ल्यापटप, मोवाइलको स्किनमा धेरै समय हेरिन्छ । यसको सोझो प्रभाव आँखामा पर्छ । यस्ता आधुनिक उपकरणको बढ्दो प्रयोगले, वायु प्रदूषणले पनि आँखामा क्षति पुर्‍याउँछ ।

यावत् कारणले धेरैको आँखा कमजोर हुँदैछ । खासगरी आँखा सुख्खा हुने समस्या आम रुपमा बढ्दै गएको पाइन्छ । यसरी आँखा सुख्खा हुनुलाई ‘ड्राई आई सिन्ड्रोम’ भनिन्छ । आँखा सुख्खा भएमा आँखाबाट आशुको उत्पादन कम हुने तथा आँखाबाट आशु बग्न कम हुने गर्दछ ।


सुख्खा आँखा  कसरी थाहा पाउने ?


-आँखा सुख्खा हुनु

-आँखामा चिलाउनु

-आँखामा केही विझेको महसुस हुनु

-बिना कारण आँखाबाट पानी निस्कनु

-बिना कारण आँखामा थकान वा सूजन महसुस हुनु

- आँखा सानो हुनु


किन हुन्छ सुख्खा ?


आयु ५० वर्ष भन्दा माथि हुनु

उमेर बढेसँगै आँखाको समस्या पनि बढ्ने गर्छ । बढ्दो उमेरकै कारण आसुको उत्पादनमा समेत कमी आउने गर्छ । विशेषगरी , ५० वर्ष माथि आयु भएका मानिसहरुको आँखाबाट आशुको उत्पादन कम हुने गर्छ । जसका कारण आँखा सुख्खा हुने गर्छ ।

रजोनिवृतोत्तर

महिलाहरुमा महिनावारी रोकिएसँगै आँखा सम्बन्धि विभिन्न समस्या देखा पर्ने गर्दछ । जसमध्ये आँखा सुख्खा हुने समस्या पनि एक हो । महिनावारी सुकेपश्चात्त महिलाहरुमा आउने हर्मोनल गडबडीका कारण पनि यस्तो समस्या देखिने गर्छ ।

स्वास्थ्य सम्बन्धि समस्या

मधुमेह, उच्च रक्तचाप, थाइराइड ,भिटामिन ‘ए’को कमी लगायतका स्वास्थ्य सम्बन्धि विभिन्न समस्याका कारण पनि आँखा सुख्खा हुने गर्छ ।

लेजर विधिका कारण

रिफरेक्टिभ आई सर्जरी लगायतका लेजर प्रविधिद्धारा आँखामा गरिने शल्यकि्रयाका कारण पनि आँखा सुख्खा हुने समस्या उत्पन्न हुने गर्छ । तर यस्ता प्रविधिका कारण आँखा सुख्खा हुने समस्या भने अस्थायी हुने गर्छ ।

आशु ग्रन्थीमा क्षति भएमा

सुजन तथा विकिरणका आसु नलीमा पुगेको क्षतिका कारण पनि आखा सुख्खा हुने गर्छ । जसले गर्दा उक्त नलीबाट आशु स्वत कम बग्ने गर्छ ।

परेला सम्बन्धि समस्या

लगातार आँखा झिम्क्याउने गर्नाले आँखाको सतहमा आसुको पातलो सतह बन्ने गर्दछ । तर यदी आँखा झिम्क्याउँदा वा परेला झिम्क्याउदा कुनै समस्या भएको खण्डमा आसु फैलिएर उक्त सतहमा आसुको पातलो सतह बनाउन सक्दैन ।जसका कारण आँखा सुख्खा हुने गर्दछ ।

तिब्र हावा

सुख्खा हावा

लामो समयसम्म किताब पढेमा

कम्प्यूटरमा लामो समयसम्म बसेमा

आँखा नझिम्काई लामेा समयमा एक नाशले हेरमा


यी औषधीका कारण पनि हुनसक्छ आखा सुख्खा

-उच्च रक्तचापमा प्रयोग हुने औषधी

-एन्टीथिस्टमाइंस तथा डोगेस्टंट्स

-हर्मोन रिप्लेसमेन्ट थेरापी

-पिम्पल्सको लागि प्रयोग गरिने औषधी

बच्ने उपाय


आँखामा कुनै समस्या होस् वा नहोस् चिकित्सकहरु समय समयमा आँखा जाच गर्न सुझाव दिने गर्दछन् । त्यस्तै, टिबी हेर्दा होस् वा कम्प्यूटर चलाउदा केही समय आखाालाई आराम दिने गर्नाले पनि आखा सुख्खा हुन पाउँदैन । यस्तै, कामको बीच बीचमा परेला झिमझिम गरेमा वा आखा झिम्क्याउनाले पनि आँखा सुख्खा हुने समस्याबाट आँखालाई बचाउँन सकिन्छ ।

Source: Onlinekhabar

No comments