‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

Vitamin A program in Nepal


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । 

 २२ र २३ असारमा कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिए ।  कोभिड १९ को कारणले बन्दाबन्दीले गत ६ र ७ वैशाखमा तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत २१ चैतमा स्थगन गरेको थियो । 
 
‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण २ र ३ कात्तिकमा  तथा दोस्रो चरण ६ र ७ वैशाखमा गरी गरी २ पटक सो  कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

६महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ए खुवाउँदै आइरहेको छ । 

प्रत्येक वर्ष भिटामिन ए खुवाउने कार्यक्रममा २७ लाख ३ हजार ५ सय २२ बालबालिका सहभागी हुने गर्दछन् । 

COVID and Vitamin A program Nepal


No comments