आँखा दान महादान

सम्पूर्ण प्राणी जगतमा आँखा एउटा महत्व पूर्ण र संबेदनसिल अंग हो, अझ मानव जीवनमा हेर्ने हो भने आँखाको झन विशेष महत्व रहेको छ,  प्रकृतिले दिएको ई सुन्दर दुई आँखाले यो सन्सारलाई हेर्ने र देखने काम गर्छ, यति मात्र नभई आँखाले एउटा व्यक्तिमा सुन्दरता झल्काउने काम पनि गर्छ 


हाम्रो आँखा यति राम्रो  अनि महत्ववान भए पनि एक दिन यो भौतिक सन्सारलाई त्यागी मानव शरीर सगै नष्ट भएर जान्छ ।  यसरी नष्ट भएर जाने आँखालाई आफ्नो  मृत्यु  पश्चात दान गर्यो भने कुनै दुई जाना दृस्टी बिहिन मान्छेले पुनः देख्नन पाउदा कति खुसि हुन्छ ?, आफुले दान गरेको आँखाले अरुलाई नयाँ जीवन दान गरे जस्तै हुन्छ । त्यसैले  खरानी भएर जाने आँखालाई सबै जनाले स्वस्फुर्त रुपमा दान गर्न सकिन्छ । त्यसका लागी नेपालका विभिन्न जस्तै तिलगंगा आँखा प्रतिष्ठान, लुम्बिनी नेत्र विज्ञान अध्यान सस्थांन मेची आँखा अस्पताल र अन्य ठुला आँखा अस्पताल हरुमा  EYE BANK (आँखा बैक ) रहेको छ । उक्त ठाउँहरुमा सम्पर्क गरी आफ्नो आँखा दान गर्न सकिन्छ ।

लेखक : तारा बहादुर वाइबा

No comments