भलाकुसारी

माइली भाउजु र देवर बाबुको भलाकुसारी



बाबु:  नमस्कारै माइली भाउजु, रोपाइँ  सकियो कि बाकि छ हौं ? माईली भाउजू ?

माईली भाउजू:  नमस्कार बाबु, अब सकिनै लाग्या छ । अनि बाबु कताबाट हो नि ?


बाबु:  रोपाईमा त खुबै रमाईलो हुन्छ रे नि त्यही भएर आज बिदाको दिन यसो गाँऊ घुम्दै

आएको नि


माईली भाउजू:  हेर्नूस न बाबु हामी किसानलाई कहिल्यै फूर्सदै मिल्दैन भन्या ।


बाबु: त्यही त हो नि माईली भाउजू, जस्तो सुकै अवस्थामा पनि आ आप्ःनै छत्रछायाँमा रमाएर पेट पूजाको खातिर ति संघर्षशिल हात गोडाले स्थिर भुमीमा बल प्रयोग गर्नु पर्ने त तपाईहरु जस्ता मेहनति किसानहरुले एउटा गर्व गर्नुपर्ने कुरा नै होनि, कि कसो ?

माईली भाउजू: मेहनत त गरिन्थ्यो नै होला बाबु तर ...................

बाबु: तर के नि माईली भाउजू ?

माईली भाउजू : तर हेर्नुस न आँखा कमजोर हून थाल्या छ भन्या । आँखा ले नै काम गर्न छाडे पछि त खै हात खुट्टा भएर पनि के काम र

बाबु : अनि आँखा चाहि के भएको छ त ?

माईली भाउजू:  केही होईन । आँखाको सबै भाग ठिकै छ जस्तो लाग्छ । दुख्ने पोल्ने केही थिएन । आँखाको त कुनै समस्या नै थिएन । अस्ती आँखा जाच गराएर नजिकको यसो हेर्न चाहि नदेखिएर चश्मा लगाएको थिएँ । अरु त आँखाको कुनै समस्या नै थिएन । बरु ५÷६ बर्ष अघि देखि चाहि चिनी रोग भने देखा परेको छ । अनि बल्ड प्रेसरपनि पो छ रे त । अस्ती स्वास्थ्य चौकी गएर जचाएको थिए ।

बाबु: ए त्यसो भए त आँखामा पनि समस्या देखा पर्न सकिहाल्छ नि ।

माईली भाउजू: हँ कस्तो समस्या बाबु

बाबु : हामी मध्ये कतिपयलाई चिनिरोग अर्थात डायबेटिज र उच्चरक्तचापले गर्दा हाम्रो आँखाको दृष्टि क्षमतामा ह्रास आउछ भन्ने कुरा थाहा नहुन पनि सक्छ ।

माईली भाउजू : ए चिनिरोग र उच्चरक्तचापले पनि हाम्रो आँखालाई असर पु¥याउछ र बाबु ?

बाबु : ल किन नपु¥यानु नि माईलि भाउजू, यस्ता शारिरीक रोगले त झन हाम्रो आँखाको दृष्टि नै जाने गरी मानिसलाई अन्धो बनाउन सक्छ । मधुमेह र उच्चरक्तचापले हाम्रो आँखामा मुख्यतय आँखाको पर्दामा असर पु¥याउदछ हामीलाई संसार देखाउने अर्थात उज्यालो देखाउने हाम्रो शरिरको अति संवेदनशिल अंग आँखाको दुष्टि क्षमता जोगाईराख्ने हो भने चिनिरोग अर्थात डायबेटिज र उच्चरक्तचापको पनि ख्याल राख्नु पर्दछ । केही मानिसहरु यिनै शारिरीक रोगको वेवास्ताले गर्दा अन्धा पनि हुन पुगेका पनि छन् ।

माईली भाउजू:  ए हो र बाबु ?यसो भए चिनिरोग र उच्चरक्तचापले मात्र आँखालाई असर पु¥याउदछ कि अरु पनि त्यस्ता रोग छन् त ?

बाबु:  यसरी आँखाको दृष्टिमा असर पु¥याउने डायबेटिज र उच्चरक्तचाप लगायत कुपोषण, दादुरा, हाडे, एड्स, क्षयरोग, कुण्ठरोग, भिरङ्गी, वाथ तथा जोर्नीको रोग,टाईफाईड आदी रोगहरु पनि पर्दछन् । यस्ता रोगबाट आँखामा पुग्ने असरबाट बच्न शुरुमा नै रोकथामका उपायहरु तथा उपचारको खोजी गर्नु पर्दछ । अन्यथा दृष्टिमा कमी आईसकेपछि भने पुन आँखालाई देख्ने अवस्थामा फर्काउन सकिने संभावना भने एकदम कम छ या छदैछैन ।

माईली भाउजू : अनि बाबु यो चिनि रोग लागेका मानिसको आँखामा चाहि कस्तो समस्या देखा पर्दछ त ?


बाबु:  सुन्नुहोस भाउजू, यो चिनि रोगलाई अर्को शब्दमा मधुमेह वा डाईबेटिज पनि भनिन्छ । डायबेटिजले गर्दा रेटिनामा अर्थात रेटिना भन्नाले हाम्रो आँखाको पर्दामा बिभिन्न किसिमका असरहरु देखिन्छन्, यसका साथै हाम्रो आँखाको पर्दामा रक्तश्राव हुने, मोतीबिन्दु हुने, जलबिन्दु हुने आँखाको माँसपेशीको पक्षघात भई डेढो हुने र आँखाको दृष्टि नशा अनि रक्तनलीहरुमा असर पु¥याउन सक्छ


माईली भाउजू:  ए.................!!

बाबु: डायबेटिजले रेटिनामा पार्ने असरलाई मेडिकल भाषामा डायबेटिक रेटिनोप्याथी पनि भनिन्छ । यसका धेरै किसिमहरु हुन्छन् । यो दुबै आँखामा हुन्छ । यस्तो अवस्था डायबेटिज भएको करिब १० वर्षपछि देखा पर्छ र जति धेरै समयसम्म डायबेटिज भयो उति नै बढी यो अवस्था हुने सम्भावना हुन्छ । मधुमेह भएपछि करिब ७५ प्रतिशत भन्दा बढिलाई यो रोग हुने हुन्छ । मधुमेहबाट आँखाको पर्दामा देखिने असर डायबेटिक रेटिनोप्याथीमा रेटिनाका साना साना रगतका नलिहरु बन्द हुन्दछन् । यसरी बन्द भएका रगतका नलिहरु फुट्दछन् र रेटिनामा अर्थात दृष्टि पर्दामा रक्तश्राव र त्यसपछि हुने बिभिन्न जटिलताहरु देखिन सक्छ । जसबाट बच्नको लागि मधुमेहको राम्रो सँग नियन्त्रण गर्नुपर्दछ । मधुमेहको नियन्त्रण र उपचारको साथसाथै आँखाको नियमित जाँच पनि गराउनु पर्दछ ।


माईली भाउजू : उसो भए त यो चिनि रोगले त हाम्रो आँखामा  धेरै नराम्रो असर पो पार्ने रहेछ त हगी बाबु ?


बाबु : हो  त नि


माईली भाउजू : अनि यो अघि बाबुले भन्नु भएको उच्च रक्तचाप भन्ने चाहि कस्तो रोग हो त बाबु ? यस्ले पनि हाम्रो आँखामा असर पु¥याउछ हैन त बाबु ?


बाबु:  ठिक कुरा गर्नु भयो माईली भाउजूले पनि । उच्च रक्तचापले पनि हाम्रो आँखाको पर्दामा गम्भिर असर पार्न सक्छ । यस रोगलाई बल्ड प्रेसर हाई भएको पनि भनेर बुझिन्छ ।  उच्च रक्तचापको कारणबाट हाम्रो आँखाको पर्दामा रक्तश्राव हुने,, दृष्टि नशा सुनिने र रक्तनलीमा बिकृति उत्पन्न गराउदछ उच्च रक्तचाप अर्थात हाई बल्ड प्रेसरले गर्र्दा रेटिनामा देखिने चिन्ह र लक्षणहरुलाई मेडिकल भाषामा हाईपरटेन्सिभ रेटिनोप्याथी भनिन्छ । रक्तचाप धेरै नै बढेको अवस्थामा यो हुने सम्भावना बढि हुन्छ । बढि उमेरको ब्यक्तिलार्ई भन्दा कम उमेरका ब्यक्तिलाई उच्च रक्तचाप हुदा यस्तो अवस्था हुने सम्भावना बढि हुन्छ । उच्च रक्तचापको कारणले आँखाको पर्दामा रहेका रक्तनलीहरु सागुरिन गई रक्तश्राव हुन्छ । त्यस पछि आँखाको पर्दामा अन्य गम्भिर असर देखा परि दृष्टि कम हुन्छ ।


माईली भाउजू : ओ हो उसो भए त यो चिनि रोगले जस्तै उच्च रक्तचापले पनि हाम्रो आँखामा  धेरै नराम्रो असर पो पार्ने रहेछ त ।

बाबु:  यसरी उच्च रक्तचापको कारणले यस्तो अवस्था श्रृजना अर्थात अन्धो हुनबाट बच्नको लागि उच्च रक्तचापको नियन्त्रण गर्नु पर्दछ । साथै चिकित्सकबाट नियमित रक्तचापको परीक्षण गराईराख्नु पर्दछ । यदि रक्तचाप बढेको खण्डमा यसको उपचारको साथमा आँखाको पनि जाँच गराउनु जरुरी छ । उच्च रक्तचापबाट आँखाको पर्दामा असर परि गुमाएको दृष्टिलाई पुनः पहिलेको अवस्थामा ल्याउन सकिन्दैन तर समयमै उपचार भएको खण्डमा भने बाँकि रहेको दृष्टि बचाउन सकिन्छ । त्यसैले उच्च रक्तचाप भएका बिरामीहरुले नियमित आँखा परीक्षण गराउन अत्यन्तै जरुरी छ ।

माईली भाउजू:  मैले पनि आँखा परिक्षण गराउनुपर्छ बाबु ?

बाबु:  किन नपर्नु नि तपाईले त झन चिनिको मात्रा जाच अर्थात सुगर टेस्ट, बल्ड प्रेसर र आँखाको समेत परीक्षण गराएर सल्लाह लिनुपर्छ नि त । यदि यस्ता रोग छ भने यो रोगको नियन्त्रण गनुको साथै डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधी खाने र आँखाको नियमित जाँच अनि उपचार पनि आवश्यक पर्छ त ।
माईली भाउजू त्यसो हो भने त मेरो आँखाको देख्न सक्ने क्षमता बचाउनको लागि र सल्लाह लिनको लागि तुरुन्तै आँखाकेन्द्रमा गईहाल्छु नि ।

बाबु : हो  त आफ्नो शरिरमा त्यस्ता शारिरीक रोग जस्तै डायबेटिज र उच्चरक्तचाप लगायत कुपोषण, दादुरा, हाडे, एड्स, क्षयरोग, कुण्ठरोग, भिरङ्गी, वाथ तथा जोर्नीको रोग,टाईफाईड आदी रोगहरु छन् भने पनि आँखामा असर पुग्ने भएकाले गर्दा आँखाको परिक्षण पनि गराउनु आवश्यक हुन्छ ।


माईली भाउजू:  बल्ल पो धेरै कुरा थाहा पाईयो त ।


बाबु:  ल त माईली भाउजु मैले तपाईलाई धेरै भुलाएछु क्यार । रोपाईमा जान हतार भईसक्यो होला ।

माईली भाउजू:  हतार भए पनि धेरै कुरा थाहा पाएँ । साह्रै खुसी लागेको छ मलाई त । अब बाबु पनि आज त यतै दिनभरी रोपाई हेर्ने होला नि, हैन बाबु ?

बाबु :हो त आज त मैले पनि खुबै रोपाई हेर्न पाउने भएँ । ल त भाउ जु म चाँही एक छि न पल्लो घर तिर पुगेर आउछु ।


लेखक : पुष्पबाबु बस्नेत

2 comments: