कोरोना भाइरस रोग - काेभिड १९ र हाम्रो आँखा (खोज सामाग्री)

Coronavirus disease and its effects on eye articles by Pushpa Babu Basnet


आँखालाई सुरक्षित नराख्दा के कोभिड - १९ हुन्छ ?


कोभिड-१९भएका विरामीमा आँखामा कस्तो संकेत देखिएला? 


यि र यस्तै प्रश्नका माझ मैले केहि सामाग्रीहरु खोज गरेर लेखेको छु । हालको जल्दो बल्दो समस्या र विश्वब्यापी महामारीको रुपमा फैलिदै गएको यस रोगको अध्ययन गरि तथ्य कुरा उजागर गर्ने कोसिस गरेको छु, कृपया यसलाई अध्ययन गर्नु भई तपाईले महत्वपुर्ण सल्लाह र सुझाव दिनु हुनेछ भन्ने आशा लिएको छु ।

विश्व स्वास्थ्य संगठन (२०१९) ले कोरोनाभाइरस धेरै भाइरसहरुको समुह जसले मानिसहरु र जनावरहरुलाई विरामी बनाउछ भनेर भनिएको  छ । उसले यो पनि भनेको छ कि,मानिसहरुमा विशेष गरि यो भाइरसले शरिरमा प्रवेश गरेपछि रुघा खोकी देखि लिएर गम्भिर खालको स्वासप्रश्वास रोगहरु गराउन सक्छ । हालै मात्र कोरोनाभाइरसबाट  हुने संक्रमणजन्य कोरोनाभाइरस रोग (कोभिड-१९) गराउने कुरा पत्तालागेको छ । यो भाइरस पहिलो पटक चिनको उहानमा सन् २०१९ को डिसेम्बर महिनामा पत्ता लागेको थियो भने हाल कोभिड- १९ ले विश्वब्यापी महामारीको रुप लिएको कुरा बिश्व स्वास्थ्य संगठनले बताइसकेको छ । 

विशेष गरि कोभिड-१९ ले ज्वरो, सुख्खा खोकी, थकाई लाग्ने जस्ता लक्षण देखिन्छ भने कसैमा दुखाइ, नाकमा समस्या, टाउको दुख्ने, आँखा पाक्ने, घाटी दुख्ने, पखालालाग्ने, गन्ध र स्वाद थाहा नपाउने, हात र औलाका रङ बदलिने र छालामा खटिरा आउने जस्ता लक्षण देखिने कुरा समेत विश्व स्वास्थ्य संगठनले बताएको छ । यसै कुराको आधारमा कोभिड-१९ को संक्रमणमा आँखामा पनि गुलावि आँखाको (Pink Eye/Conjunctivitis) संकेत हुन सक्ने कुराको खोजि गरिएको छ । कोरोना भाइरसको कारणले आँखामा पनि कुनै समस्या हुन्छ हुदैन भन्ने बारेमा थप रिसर्च पनि हुन थालेको छ ।



कोभिड-१९ को संक्रमणमा आँखामा पनि समस्या पर्छ पर्दैन भन्ने हाल सम्मकुनै घटना प्रमाणित हुन सकेको छैन । यद्धपि  New England Journal of Medicine ले पत्ता लगाए अनुसार आँखा रातो हुने वा सेतो भाग मा गुलावी जस्तो देखिने आँखाहरु मध्ये १,०९९ विरामीहरुमा ९ जना अर्थात (0.8%) विरामीहरु कोरोना भाइरसको निदान भएको पक्का छ । जस अनुसार विरामी जसलाई नयाँ कोरोना भाइरसले  आक्रमण गर्छ उनिहरुमा आँखामा पनि केहि संकेत देखिन पनि सक्छ । आँखामा देखिने संकेत मध्ये आँखा पाक्ने वा आँखाको सेतो भागमाहुने गुलावीपन हो । जसमा आँखामा रातो हुने आँशुले भिजेको आँखा र रुएको जस्तो आँखा देखिने हुन्छ । 

त्यसै गरि The Journal of Medical Virology  सिंगापुरको एक अध्ययनअनुसार अस्पतालमा भर्ना भएका कोभिड-१९ का ३० बिरामीहरु मध्ये १ जनामाआँखापाक्ने रोग (Conjunctivitis) भएको देखिएको छ।

Red eye and COVID-19
Photo Source: AAO
यस सम्बन्धि कुराहरु अझै खोज अनुसन्धानकै क्रममा छ। विश्व स्वास्थ्य संगठन समेत कोभिड-१९ रोग र यसैसंग सम्बन्धि अन्य कुरा कै खोजिमा लगातार लागिरहेको छ । यद्धपि कोभिड-१९ आँखाको माध्यमबाट पनि सर्छ भन्ने कुरामा विश्वास गरिएको छ। पेकिङ विश्वविद्यालयका श्वासप्रश्वास सम्बन्धि विशेषज्ञ Wang Guangfa विश्वास गर्छन कि आफ्नो आँखा सुरक्षित राख्ने सामाग्रीको प्रयोग नगर्दा उनि कोभिड-१९ बाट संक्रमित भएको विश्वास गर्छन । वाङले आफुलाई ज्वरो आएको बेला र नाकबाट पानी वग्न थालेपछि आफ्नो देव्रे आँखा संक्रमित भएको पनि बताएको कुरा Valerie Kattouf, OD, FAAO ले लेखको पुनरावलोकनको क्रममा लेखक John Egan ले बताएका छन् । जुन सम्भावना पनि रहेको छ । दक्षिणी चिनिया विहानी पत्रिका (South China Morning Post) काअनुसार वाङको आँखामा भाइरस प्रवेश गर्नुको मुख्य कारण नै उनले आँखामा सुरक्षित नराख्दा हो भन्ने कुरामा आफैले विश्वास गरेका छन्। जुन कुरालाई Medicine and pathology in the Long School of Medicine’s infectious diseases division at UT Health San Antonio का  प्रोफेसर Dr. Jan Evans Patterson  ले सो भएको कुरा पुष्टि गरेको भनि लेखिएको छ । 

सामान्यतयः आँखाबाट कोभिड- १९ सर्नुको कारण अन्जानमा हातबाट आँखा सम्मको सम्पर्कबाटै हुने गर्छ। यसको सम्भाब्य र संकास्पद कारण भनेको "Hand to Eye Contact" नै हुन सक्ने कुरा SUNY Upstate Medical University in Syracuse, New York का संक्रमक रोग प्रमुख डाक्टर Dr. Stephen Thomas ले दावी गरेका छन् । अर्को तर्फ विचारगर्ने हो भने हामिले चश्मा भन्दा कन्टयाक्ट लेन्सबाट पनि कोरोना भाइरस अझ छिटो सर्न सक्ने सजिलै अनुमानलगाउन सक्छौं । यसै सन्दर्भमा “अमेरिकन एकेडेमी अफ अप्थालमोलोजि” AAO ले कोभिड-१९ को कारण हुने घातकश्वास प्रश्वास रोग सर्नबाट बच्न कन्टयाक्ट लेन्स लगाउनको सट्टा अस्थाई रुपमा भएपनि चश्माको प्रयोग गर्न सिफारिस गरेको छ। कन्ट्याक्ट लेन्स लगाउने पर्ने अवस्थामा राम्रो संग साबुन पानीले बिस्व स्वास्थ्य संगठनले जारि गरेको हात धुने छ तरिका अबलम्बन गरि, सम्पूर्ण सुरछित उपाए अपनाई र आफुलाई कन्ट्याक्ट लेन्स सिफारिस गर्नुभएको आँखा सम्बन्धि विशेषज्ञहरु संग  परामर्श गरि लगाउनु होला (यस सम्बन्धि थप जानकारी यहाँ बाट पढ्न सक्नु हुनेछ  )

साबुन-पानीले कम्तिमा २० सेकेन्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको स्यानिटाइजर प्रयोग गर्ने । Photo: UNICEF

कोरोनाभाइरसले विश्वब्यापी रुपमा महामारी लिइरहेको बखत “अमेरिकन एकेडेमी अफ  अप्थालमोलोजि” ले आँखा जाँचको समयमा कोभिड-१९ बाट बच्न र रोकथामको लागि अनिवार्य माक्सको प्रयोग गर्न, विरामी र विरामीका मानिसहरुलाई बाहिर दुरी कायम गरेर बसी पालो कुर्न, प्रतिक्षा हलमा भिडभाड नगर्न, भवन प्रवेश अगाडि विरामीको शरिरको तापक्रम जाच्न, आवश्यक विरामीको मात्र आँखा जाँचको समय लिन र साथमा कसैलाइ पनि नल्याउन भनेको छ । डाक्टरले आँखा जाँच गर्ने Slit Lamp मेशिनको अगाडि बिशेष खालको प्लास्टिक को ब्रेथ शिल्ड प्रयोग गर्ने, माक्सको प्रयोग गर्ने साथ साथै हातमा पन्जा, आँखामा चश्मा र प्लास्टिक शिल्ड पनि लगाउनुपर्दछ । त्यसै गरि आँखा जाँचको समयमा नबोल्ने, बिरामी र डाक्टरले बोल्नु परेमा सुरक्षित दुरी कायम राख्ने टिप्स दिएकोछ । अहिले सबै आँखा अस्पतालहरुले पनि सोहि प्रक्रिया अपनाएका छन् । 

तिलगंगा आँखा प्रतिष्ठानको आँखा जांच गर्ने कोठा बाहिर टासिएको सूचना 

कोरोनाभाइरसले आँखामा कसरी असर गर्छ भन्ने बारेमा समेत अमेरिकन एकेडेमी अफ अप्थालमोलोजिले केहि कुरा बताएको छ । कोरोनाभाइरस आँखाको माध्यमबाट पनि फैलिन सक्छ  जसरी मुख र नाकबाट फैलिन्छ । विश्व स्वास्थ्य संगठनले जसले नियमित कोभिड-१९ भएका मानिसहरुको रेखदेख वा उपचार गर्छन उनिहरुले अनिवार्य सूरक्षित चश्माको प्रयोग गर्न निश्चय नै सिफारिस गरेको छ जब कोरोनाभाइरस बाट संक्रमितले खोक्दा, हाच्छिउ गर्दा र बोल्दा छिटाको माध्यमबाट भाइरस मुख, नाक र अनुहारमा पर्न सक्छ । उक्त छिटा आँखाको माध्यमबाट पनि शरिरमा पुग्न सक्छ । त्यसैगरि केहि सामाग्री हातले चलाएको वा छोएको छ र त्यसमा भाइरस भएमा हातले आँखा छोएमा वा चलाएमा भाइरस आँखाबाट शरिरमा प्रवेश गर्दछ । 

कोरोना भाइरसको महामारीको समयमा आँखालाई पनि कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारेमा सोच्न र स्वास्थ्य रहने उपाय अवलम्बन गर्न जरुरी छ ।आफ्नो हातले नाक, मुख र आँखा छुने,चलाउने वा माड्ने गर्नुहुदैन ।अमेरिकन एकेडेमी अफ अप्थालमोलोजि का आँखा विशेषज्ञ तथा प्रवत्ता Sonal S Tuli, M.D ले पनि यसै कुरामा जोड दिएका छन् । कारण संक्रमित गुलावि आँखा (कन्जन्टिभाइटिस) भएको हुन सक्ने दावि गरेका छन् तर यो बिरलै रहेको पाइएको छ । यदि तपाइको आँखा रातो वा गुलावि यो कोरोना भाइरसको कारणले  नहुनपनि सक्छ । यदपी यसको बारेमा जान्न आँखाका डाक्टरहरु संग परामर्श लिनुपर्ने हुन्छ ।  आखिरी गुलाबी वा रातो आँखा कुनै न कुनै भाइरस वा ब्याक्टेरियाको कारणले हुने गर्दछ । 

संक्रमितको चिप्रा, पिप वा आशु हात वा अन्य सामाग्रीहरुको माध्यमको सम्पर्कबाट आँखापाक्ने रोग एकबाट अर्कोमा सजिलै फैलिन्छ। कुनै चिजको सम्पर्क पछि आफ्नो हात साबुनपानिले पटक पटक हातधुन वा स्यानिटाइजर लगाइरहन आवश्यक हुन्छ। संक्रमितले छोएका सबैजसो सामाग्रीहरु जस्तै टावेल, चश्मा, कन्ट्याक्ट लेन्स, मोवाइल, पन्जा, कप र अन्य जे जतिपनि सामाग्रीहरु दोश्रो ब्यक्तिले प्रयोग गर्न हुदैन । तसर्थ आँखाको सुरक्षा संगै कोरोनाभाइरसको संक्रमणबाट पनि बचौं । घरबाट बाहिर निस्किदा अनिबार्य मास्क प्रयोग गरौ।  

लुम्बिनी नेत्र बिज्ञान अध्यन संस्थान तथा रिसर्च संस्थानले अस्पताल भित्र कोरोना रोकथाम को लागि जारि गरेको सूचना 

नोट: तपाई पनि आफ्नो आँखा सम्बन्धि लेख रचना तथा जानकारी हरु हामी लाइ पठाउन सक्नुहुन्छ, हाम्रो इमेल [email protected] मा लेखि पठाउनु भएमा हामी हाम्रो यस पेज मा प्रकासन गर्ने छौ। 

No comments