यसरि उत्पादन हुन्छ तिलगंगा आँखा अस्पतालमा कृतिम लेन्स

हरेक कुरा आयात गर्ने नेपालले आँखाको कृतिम लेन्स भने निर्यात गर्छ ,

तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्ने लेन्स हाल विश्व बजारमा खपत हुँदै आएको छ । वार्षिक ५ लाख लेन्स उत्पादन गर्दै आएको प्रतिष्ठानले विश्वका ७० देशहरुमा लेन्स खपत गर्दै आएको छ ।

तिलगंगाले उत्पादन गर्ने लेन्स चीन, पाकिस्तान, भारत, थाइल्याण्ड इन्डोनेसिया लगायतका ७० देशमा निर्यात हुने गरेको छ । विश्वका ५३ लाख मोतियाविन्दु भएका व्यक्तिले तिलगंगा आँखा प्रतिष्ठानबाट उत्पादित लेन्सबाट नयाँ ज्योति पाइसकेका छन् ।

मोतियविन्दुका कारण दृष्टि गुमाएका बिरामीका लागि तिलगंगा अस्पतालले उत्पादन गर्ने लेन्स प्रभावकारी बन्दै गएको छ । तिलगंगा आँखा प्रतिष्ठानले हाल दुई प्रकारका लेन्स उत्पादन गर्दै आएको छ । प्रतिष्ठानले पीएमएमए ( हार्ड) र फोल्डेबल (नरम) गरी दुई प्रकारका लेन्स उत्पादन र खपत गर्दै आएको छ ।


यसरि उत्पादन हुन्छ तिलगंगा आँखा अस्पतालमा कृतिम लेन्स भिडियो हेर्नुहोस


No comments