प्रोग्रेसिव लेन्स र बाइफोकल लेन्स (Progressive Vs Bifocal Lens) मा के फरक छ? कुन प्रयोग गर्नु राम्रो?

प्रोग्रेसिव लेन्सहरू, किन बाइफोकलहरू भन्दा राम्रो छन्?

यदि तपाईं ४० बर्ष भन्दा बढी उमेरको हुनुहुन्छ र तपाईंको हालको चश्माले वा चस्माबिना सानो सानो अक्षर पढ्न गारो हुन थालेकोछ र टाढा लगेर हेर्दा अलि अलि सजिलो देखे जस्तो भएको छ भने तपाईलाइ चालिसे अर्थात् प्रेसबायोपिया (Presbyopia) को समस्या सुरु भएको भन्ने बुझिन्छ।  

अब एसको लागि चस्मा जरुरि हुन्छ, चस्मामा धेरै ले लगाउने गरेको बाइफ़ोकल (Bifocal Glasses) र नया प्रबिधिको प्रोग्रेसिव लेन्स (Progressive Glasses) को बारेमा हामी यहाँ चर्चा गर्न गैरहेको छ।  


प्रोग्रेसिव लेन्स के हो?

प्रोग्रेसिव लेन्सहरू मल्टिफोकल आईग्लास लेन्सहरू हुन् जुन सिंगल भिजन लेन्सको रूपमा ठ्याक्कै मिल्दोजुल्दो छ अर्थात् बाइफ़ोकल मा जस्तो यस्मा नजिक को पावर को छुट्टै चद्रमा आकारको चक्का हुदैन, र हेर्दा निकै आकर्सक हुनुको साथै टाढा, मध्यम, र नजिक सबै दुरीको पावर बिस्तारै क्रमिक रुपमा बढाएर राखिएको हुन्छ   अर्को शब्दमा, प्रोग्रेसिव  लेन्सहरूले तपाईंलाई दु:खकष्ट बिनानै सबै ठाउँहरूमा स्पष्ट रूपमा देखाउन मद्दत गर्दछ 


No comments