आँखाबाट फोहर वा परेला हटाउने तरिका

आँखामा केही फोहर परेमा आँखा बन्द गरेर आँखा चारैतिर (दायाँ वायाँ र तलमाथि) चलाउनुपर्छ । त्यसपछि आँखाको ढकनीलाई खुला हुनेगरी समातेर फेरी तल र माथि हेर्नदिनुपर्छ । यसले गर्दा आँखाबाट आँशु निस्केर प्रायः फोहर वाहिर निकाल्छ। आँशु निकाल्ने अर्को उपाय भनेको फोहर नपरेको सामान्य आँखालाई सुस्तरी दल्नु
हो । यसले दुवै आँखामा आँशु निकाल्छ । आँखामा केही परेको वा घाउ भएकोभएमा आँखालाई माढ्नु हुँदैन ।

आँखाको माथिल्लो ढकनीको भित्र अड्किएको कसिंगर 

फोहर वा परेलाको टुक्रालाई सफा पानीले पखाल्न पनि सकिन्छ । त्यसको लागि सफा पानी बाहेक अरु कुनै पनि तरल पदार्थको प्रयोग गर्नुहुँदैन । आँखालाई खुला राखेर सफा भाँडामा भएको पानीमा आँखा डुबाउनुपर्छ (वा सुई नभएको सफा सिरिन्जबाट सुस्तरी पिच्कारी जस्तै छ्याप्नुपर्दछ) । केहीबेर आराम गरेर टाउको पछाडी ढल्काएर पानी खन्याएमा आँखाको भित्रि कुना (नाकको नजिक) बाट आँखाको बाहिरि कुना (कानको नजिक) तिर बग्छ । यो काम घरमा गर्न सकिएन भने स्वास्थ्य चौकीमा वा आँखा उपचार केन्द्र  गएर गर्नुपर्छ ।

फोहरको टुक्रालाई भिजेको सफा कपडा, तरल पदार्थ सोस्नका लागि बनाइएको पातलो जालिदार कपडा टिस्सु वा कपासको  कटन स्वाव ले पनि हटाउन सकिन्छ ।

आँखाको माथिल्लो ढकनी मुनि फोहर भएमा कपासको गद्दामाथि त्यस ढकनीलाई फर्काएमा देख्न सकिन्छ ।
यसो गर्दा तल हेर्नुपर्छ ।

आँखाको ढकनी भित्र अड्किएको केही चिजले आँखा कोरिन वा रगडिन सक्ने भएकोले आँखालाई माड्नुहुँदैन । आँशुले आफैं यसलाई बाहिर निकाल्न सहयोग गर्छ ।

Source: https://hesperian.org/

No comments