बुटवल लायन्स आँखा अस्पतालमा सेनिटाईजर टनेल जडान

लायन्स क्लब अफ बुटवल द्दारा स्थापित तथा नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा लायन्स क्लब अफ बुटवल को सहकार्यमा संचालित बुटवल लायन्स आँखा अस्पतालमा १ थान सेनिटाईजर टनेल आवश्यकता महशुष गरिएकोमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लि. को सौजन्यमा सहयोग प्राप्त भई अस्पतालमा जडान  भई संचालनमा आएको छ ।

बुटवल लायन्स आँखा अस्पताल


तिनाउ मिसन डेभलपमेण्ट बैंक लि. का अध्यक्ष श्री टिकाराम घिमिरे ज्यू, बैंकका डाईरेक्टर श्री जिवन वझा ज्यू तथा बुटवल लायन्स आँखा अस्पतालका सभापति श्री रामेश्वर श्रेष्ठ ज्यू द्दारा सेनेटाईजर टनेल उद्घाटन गरिएको थियो

बुटवल लायन्स आँखा अस्पतालमा सेनिटाईजर टनेल जडान

साथैै उक्त  कार्यक्रममा बैंकका प्रमुख कार्यकारिणी अधिकृत श्री प्रदिप कुमार श्रेष्ठ ज्यू, लायन्स डिष्ट्रिक ३२५ बि २ का पि.डि.जि. तथा लायन्स क्लब अफ बुटवलका पूर्व अध्यक्ष एमजेएफ लायन महेन्द्र नारायण श्रेष्ठ ज्यू, लायन्स क्लब अफ बुटवलका अध्यक्ष लायन नरेश कुमार श्रेष्ठ ज्यू, लायन्स क्लब अफ बुटवलका ईलेक्ट प्रसिडेण्ट लायन सञ्जय जयसवाल ज्यू, क्लब का सचिव लायन शरदमान श्रेष्ठ ज्यू तथा सदस्य ज्यूहरु, बुटवल लायन्स आँखा अस्पतालका मेडिकल डाईरेक्टर डा. उपेन्द्र देव भारी ज्यू तथा अस्पतालका कर्मचारीहरु को उल्लेखनिय उपस्थिति रहेको थियो 

No comments