७२ घण्टाभित्र उपचार नगरे सापु रोगले आँखाको दृष्टि नै गुम्छ, डा. अनु मानन्धर
डा. अनु मानन्धर, आँखा रोग विशेषज्ञ, तिलंगगा आँखा प्रतिष्ठान
सापु आँखामा लाग्ने एक प्रकारको रोग हो । पुतलीको झुस आँखामा परे यो रोग लाग्छ । सापु रोगका कारण मानिसको दृष्टि गुम्न पनि सक्छ । यो रोग लागे आँखाको पर्दा र नसालगायतका भागमा असर पर्छ । समयमा उपचार नभए आँखाको ज्योति पनि गुम्न सक्छ । यो रोगबाट विषेशगरी कृषि पेशामा आबद्ध मानिसहरू बढी प्रभावित हुने गरेका छन् । खेती लगाउने बेला साउन/भदौदेखि अन्नबाली नथन्काउन्जेलसम्म यो रोग देखिने गरेको छ । यो अत्यन्त डर लाग्दो रोग भएकाले सचेत हुन जरुरी छ । रोग सम्बन्धी सचेतना अभावका कारण बर्र्सेनी यो रोगका बिरामी बढिरहेका छन् ।
पुतलीको झुस आँखामा पसिसकेपछि केहि घण्टाको बीचमा नै आँखाको दृष्टि कम हुँदै जान्छ । कम्तीमा ७२ घण्टाभित्र यसको उपचार गरिसक्नुपर्छ । साथै सापु रोग अरू कुनै दीर्घ रोगका कारण पनि लाग्न सक्छ । यो रोग दुबै आँखामा लाग्दैन । सापु रोग ६५ देखि ७० प्रतिशत १६ वर्षमुनिका बालबालिकामा देखिएको छ । यसैगरी सवै भन्दा बढी (७० प्रतिशत) पहाडी भेगका मानिस सापु रोगबाट पीडित छन् । हिमाली भेगका २५ प्रतिशत र तराईबाट ४ प्रतिशत मानिस मात्रै सापु रोगबाट पीडित भई उपचारका लागि आउने गरेका छन् । तिलगंगा आँखा अस्पतालमा पुग्ने सबैभन्दा बढी सापु रोगका बिरामी काठमाडौं उपत्यका र आसपासका छन् । यो रोगको उपचार गर्न भारत र भुटानबाट समेत आउने गरेका छन् ।
लक्षण
- झुस पर्नासाथ आँखा रातो हुन्छ ।
- लाइटमा हेर्न गाह्रो हुन्छ ।
- आँखाको ज्योति क्रमशः केहि घण्टाको अन्तरमा घट्दै जान्छ ।
- आँखाको दुखाईमा घटबड हुन्छ ।
पुतलीबाट जोगिने उपाय
- साँझमा घर बाहिर ननिस्कने ।
- घरको झ्याल ढोकामा जाली राख्ने ।
- राती सुत्दा झुलको प्रयोग गर्ने ।
- आँगनमा सकेसम्म सेतो बत्ती नबाल्ने ।
- सम्भव भएसम्म पहेँलो सीएफएल चिम प्रयोग गर्ने ।
- कुनै पनि पुतली छोएपछि साबुन पानीले हात धुने ।
- अनावश्यक रुपमा आँखा नछुने । प्राथमिक उपचार
- आँखालाई सफा पानीले पखाल्ने आँखा नमिच्ने ।
- सकेसम्म छिटो नजिकैको आँखा उपचार केन्द्रमा जाने ।
Source: https://www.hamrodoctornews.com/detail/9902
Eye Health Nepal मार्फत हामी आँखा स्वास्थ्य सम्बन्धि सहि सूचना प्रदान गर्ने कोसिस गरिरहेको छौ, यदि तपाईहरु पनि चिकित्सक वा आँखा स्वास्थ्यकर्मी हुनुहुन्छ भने हामीलाई जानकारीमुलक सामग्री लेखि पठाउनु हुन सक्नेछ, त्यसका लागि हाम्रो इमेल [email protected] मा लेखि पठाउनु हुन हामी अनुरोध गर्दछौ।
If you are an eye care practitioners Read more about SHAPU Eye Disease on
https://www.eyehealthnepal.com/2019/09/shapu-seasonal-hyper-acute-pan-uveitis.html

Post a Comment